भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले तातोपानी धाराको डिपिआर गरी लागत इस्टिमेट अनुसारको बजेट विनियोजन गर्न शहरी विकास मन्त्री सीता गुरुङलाई आग्रह गरेका छन् ।
उनले सोमबार मन्त्रालयमा गएर गाउँपालिकाले छनौट गरेका योजनाहरुमा रकम विनियोजन गर्न माग गरेका हुन् । गाउँपालिकाले उक्त योजनाहरुलाई गौरवको योजनामा समावेश गरेको र सञ्चालन गर्नु अत्यावश्यक भएकाले मन्त्रालयलाई सिफारिस गरेको हो । यसरी छनौट गरी पठाइएको योजनाहरुमा गाउँपालिकाको वार्ड नम्बर १ र ३ जोड्ने दुगुनागढी बोसिसा जोड्ने झोलुङगे पुल, वडा नम्बर ५ मा पर्ने करिब ८ किमी लामो चाकु ज्यामल्दुङ सडक रहेका छन् । मन्त्रीसँगको भेटमा वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठसमेत सहभागी थिए ।


