काठमाडौं । राष्ट्रिय सभा बैठक भोलिका लागि सरेको छ ।
आज ९सोमबार० ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि (मंगलबार) ११ बजेलाई सारिएको राष्ट्रिय सभा सचिवालयले जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई लिएर संसदमा अवरोध गर्दे आएको छ ।


