काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार पनि उच्च अंकले घटेको छ । आज नेप्से ३०.०५ अंकले घटेको हो ।
३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर तीन अर्ब ९९ करोड ७३ लाख ८३ हजार ३१४ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ ।
चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।