काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। कम्पनीले यसअघि स् आयोजना प्रभावित स्थानीयबासी र जिल्लावासीको लागि शेयर जारी गरेर बाँडफाँडसमेत गरिससकेो छ । १०२ मेगावाट क्षमताको यो आयोजना सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा रहेको छ । बाढिपहिरो कारण केही समयअघिमा आयोजनामा क्षति भएको थियो ।