काठमाडौं। सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
इन्चार्जहरूले अभियान समग्रमा उत्साहजनक भएको रिपोर्टिङ गरेका थिए । मंगलबारको बैठकमा छलफल भएका विषयबारे आजको बैठकबाट निर्णय हुने सचिव दीनानाथ शर्माले बताए ।