काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षण दिने भएका छन्
यसले आगामी जेठ १८ र १९ गते उनीहरुलाई काठमाडौंमा बोलाएर प्रशिक्षण दिन लागिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने तयारी गरिएको हो।
जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उनले बताए।