काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँमा केपी ओली आतंक रहेको बताएका छन्। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
सम्मेलनमा अबोल्दै उनले भने, ‘हामीलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेका छन्। सिद्धिए भनेर दंग परेका छन्। तर, हामी सिद्धिएनौं।
उनले भने, ‘गाउँपालिकाको अध्यक्षमा लड्ने हो भने ३० ४० लाख रुपैयाँ खर्च हुन्छ। केन्द्रमा १० करोडसम्म चाहिन्छ। लड्ने नै हो भने दलाल पुजिंपतिमा गएर दुई चार पैसा मागेर जित्छौं त ?’ उनले आफ्नो पार्टीसँग पैसा नभएको पनि बताए।
क्रान्तिकारीहरु नयाँ संकल्प सहित पार्टीलाई रुपान्तरण गर्न सम्भव भएको बताए। उनले भने, ‘कार्यकर्ता बिग्रेको होइन। नेता बिग्रेको हो। अब सच्चिनुपर्छ।