काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज (आइतबार) जनकपुर गएका छन् ।
उनी सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर गएका हुन् ।
तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र सङ्घर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो । पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो।
आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो दल बनाउने वाचा गर्दै अध्यक्ष दाहाल देश दौडाहमा छन् ।