काठमाडौं । पहिरो गएका कारण मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति देखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले राति साढे २ बजेदेखि नै पहिरोका कारण सडक बन्द भएको बताएको छ । पहिरो हटाउन दुई–तीन घण्टा लाग्ने अनुमान गरिएको छ । अहिले दुईवटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।


