काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बुधबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ११ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ७५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ८७ पैसा छ।


