काठमाडौं । नेपाल राष्ट्र बैंके सोमबारका अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ।
यसैगरी युरो एकको खरिद दर १३१ रुपैयाँ २० पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा कायम गरिएको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ९० पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४२ पैसा र बिक्री दर ८४ रुपैयाँ ८१ पैसा तोकिएको छ।


