काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम गरेको छ भने एक युरोको खरिद दर १४३ रुपैयाँ २० र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा थियो।


