काठमाडौं । सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारेमा जानकारी दिएका हुन् ।
यसैगरी मन्त्री कार्कीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात् करिब ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको भएको पनि बताए ।
प्रवक्ता कार्कीका अनुसार सरकारले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरको छ, त्यस्तै नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृती दिने निर्णय गरेको छ ।
प्रवक्ता कार्कीले सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले २०७९ जेठ १८ मा नर्वे र जेठ १९ फिनल्यान्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रको बैठकहरूमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ ।