काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा लाग्नुपर्ने मागदाबी गरी सर्वोच्च अदालतमा दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।
लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन्। आइतबार दायर गरिएको रिट सर्वोच्चले अध्ययनपछि सोमबार दर्ता गरेको हो। रिटको पेसी मंगलबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।


