काठमाडौं । विहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिएको छ ।
गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेको नेपाली नागरिकता नभएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएकाृ थियो । लगतै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका छन् ।
त्यसका लागि प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो ।
बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए ।


