काठमाडौं । रियलमीले नयाँ फोन ‘रियलमी सि ५१’ फोन बजारमा ल्याएको छ ।
उक्त फोनको स्टोरेज ४ं१२८ जीबीको रहेको कम्पनीले जनाएको छ । ग्लिटरी लुकमा उपलब्ध उक्त फोनको मूल्य कम्पनीले १४ हजार ४९९ रुपैयाँ तोकेको छ ।
कम्पनीका अनुसार सो फोनको ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ । जसले कम उज्यालोमा पनि डिटेल्ड तस्बिर खिच्न सकिने जनाईएको छ । ७।९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनमा सो फोन उपलब्ध रहेको छ । ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा ५ हजार एमएएचको ब्याट्री रहेको छ । जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीको दाबी रहेको छ ।
रियलमीको ४ं६४ जीबी स्टोरेज भेरिएन्ट पनि बजारमा उपलब्ध छ । कम्पनीका अनुसार उक्त फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ ।


