काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला सबैलाई आग्रह गरेको छ। वायु प्रदूषणका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी बिरामी रोगीहरू जोखिममा पर्ने भन्दै उसले यस्तो आग्रह गरेको हो ।
काठमाडौं उपत्यकामा यातायातका साधनले उत्सर्जन गर्ने धुँवा, सडक तथा अन्य निर्माण कार्य सम्पन्न हुँदा निस्कने धुलोका कणहरू, उद्योग, कलकारखानाहरूबाट निस्कासन हुने धुँवा तथा धुलोहरू र खुला रूपमा जलाइने प्लास्टिकजन्य फोहोरमैलाबाट निष्किने धुँवाले वायु प्रदूषण बढेको महानगरले जनाएको छ।
वायु प्रदूषण रोकथाम तथा नियन्त्रण र वायु प्रदूषणबाट हुने जोखिम न्यूनीकरणका लागि नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गर्नुपर्ने, सवारी साधन प्रचलित प्रदूषण मापदण्ड भित्र रहेर चलाउने, खुला रूपमा आगो बाल्न नहुने महानगरले जनाएको छ।


