काठमाडौं । सरकारले आज जनयुद्ध दिवसका बिदा दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यसप्रति टिप्पणी गरेका छन् ।
कोइरालाले प्रधानमन्त्री प्रचण्ड सार्वजनिक बिदा कटौती गर्ने भाषण गरे संविधानले नै नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’
सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।


