काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न आज उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
आइतबार सत्तागठबन्धन साझेदार दलका शीर्ष नेताहरुबीच भएको बैठकले यस्तो सहमति गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार उच्चस्तरीय आयोग बनाउन लागेको उनको सचिवालयले जनाएको छ ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत सहभागी भएका थिए । कोरिया जाने परीक्षाको विषयमा झडप हुँदा प्रहरीको गोली लागेर २ युवकको मृत्यु भएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।