काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप गरेको छ । आइतबारको मतपरिणाम अनुसार देउवा पक्षका २५ जना महाधिवेशन प्रतिनिधि विजयी भएका हुन् ।
पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत देउवा पक्षका खास मान्छे भनेर चिनिएका कारण पनि मतपरिणाम उनीहरुको पक्षमा गएको हो । बस्नेत जिल्लामा आफूलाई विकासवादी नेताका रुपमा कांग्रेस कार्यकर्तामाझ परिचित छन् ।
नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्यले तल्लो तहबाट निर्वाचित हुन नपर्ने प्रावधान भए पनि बस्नेत आफू कार्यकर्ताबाट अनुमोदित भएर आउने मात्रै माथिल्लो तहमा जानुपर्ने मान्यता राख्ने भएकाले उनी वडा र क्षेत्रीय तहमा उम्मेदवार भएर अध्यधिक मतका साथ विजयी भए । कोभिड १९, संक्रमण भएर नर्भिक अस्पतालमा उपचाररत बस्नेत उपस्थित हुन नसके पनि कांग्रेस नेता हरिशरण श्रेष्ठको नेतृत्वमा उनीहरु एकजुट भएका थिए ।
श्रेष्ठ देउवा पक्षका जिल्ला सभापतिमका प्रबल दावेदार मानिन्छन् । केन्दीय महाधिवेशन प्रतिनिधिहरुमा मोहन बहादुर बस्नेत,हरिशरण श्रेष्ठ, विष्णु बहादुर खत्री, डा. प्रेम ध्वज लामा, भोला बोहोरा, रामकुमार थापा, श्रमण कुमार जि. सि., पासाङ नर्ब शेर्पा, राम ब लामा, जंग बहादुर लामा, युधिर पौडेल, टपिन्द्र दर्नाल, हिमाल कुमार श्रेष्ठ, प्रेम लामा, दोर्जे शेर्पा, डिमा जङबो शेर्पा, राजेन्द्र श्रेष्ठ, गिता नेपाल, लिला कुमारि नेपाल, मसिना खड्का, शर्मिला खड्का घिमिरे, कबिता गुरुङ, लक्ष्मी देवी श्रेष्ठ, मिठु मायाँ लामा, गेल्मु बुढाथोकी शेर्पा रहेका छन् ।
यसैबीच क्षेत्रीय सभापतिमा बालकृष्ण बस्नेत विजयी भएका छन् भने सचिवमा कृष्णप्रसाद आचार्य र सन्चविर तामाङ सहसचिवमा अजय लामा र सुजन पौडेल तथा सदस्यहरुमा रामशरण बस्नेत,रामशरण भन्डारी, निमा शेर्पा, नेत्र ब सापकोटा, पदमलाल श्रेष्ठ, देव दोर्जे तामाङ, मानकाजि गुरुङ, बबि योन्जन, स्वास्थानी थापा र हिरा बहादुर भन्डारी विजयी भएका छन् ।