काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धराहरा क्षेत्रको अनुगमन गरेका छन्। उनले शनिबार दिउँसो सुन्धारास्थित धरहरा र लुँहिटीको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणासमेत गरेका छन्। उनले त्यहाँस्थित सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिएका थिए।
उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताए। संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले बताए ।
‘सुरुमा पानी ल्याउने ब्यवस्था गरौं, अरु काम गर्न सजिलो छ,’ उनले निरीक्षणका क्रममा भने, ‘केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गरौं न त।’