काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा किर्तिपुर जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड सुरुबाटै दबाबमा परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १(१ विकेट लिएका छन् ।


