काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका छन्।
उनले आज (शुक्रबार)ललितपुर महानगरपालिका वडा नम्बर १८ मगरगाउँमा शुक्रबार आयोजित कार्यक्रम सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आसन्न निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै पौडेलले भने, ‘एमालेले दुईतिहाइ बढी सिट ल्याएर विजय हासिल गर्नेछ।’
एमाले प्रवेशको लहर चलेपछि पाँच दलीय गठबन्धन डराएको उनले बताए। सरकारले स्थानीय तह निर्वाचन रोक्न सक्दो प्रयास गरे पनि एमालेको दबाबका कारण नरोकिएको उपाध्यक्ष पौडेलले बताए।