काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । स्थानीय निर्वाचन सकिएको भोलिपल्टै सरकारले जनताको ढाड सेक्नेगरी मूल्यबृद्धि गरेको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको बताए ।
मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ ।
हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निमगले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागु हुनेछ ।