काठमाडौं । कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मोहनबहादुर केसीले आफू माओवादी केन्द्रमै रहेको बताएका छन् ।
उनी आज (विहीबा) रबिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर आफू माओवादी केन्द्रमै रहेका जानकारी गराएका हुन् । प्रचण्डले उनलाई खादा लगाइदिएर बधाईसमेत दिएका थिए ।
स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट चुनाव लडेका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका थिए ।
उनी माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष तथा मेयर र उमपेयरमा विजयी भएकाहरुका लागि काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी पनि भएका छन् ।