काठमाडौं विधान महाधिवेशन सकिए लगत्तै नेकपा एमालेले आज काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको छ । भेला राष्ट्रिय सभागृहमा हुनेछ । भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए ।
भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।
पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने दाहालले जानकारी दिए । पार्टीबाट माधव नेपाल पक्ष बाहिरिएपछि हुन लागेको भेलालाई महत्वका साथ हेरिएको छ । पार्टी विभाजन हुँदा समेत स्थानीय तहका थोरै प्रतिनिधि मात्र नेकपा समाजवादीमा गएका छन् भने अधिकाँश नेकपा एमालेमै बसेका छन् ।