काठमाडौं । १२०२० नमूना परीक्षणमा ६ सय ६६ जनामा कोरोना भाइरस (कोभि)१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ९ हजार ७७१ नमूनाको पीसीआर र २ हजार २४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५६९ र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट १३ जनाको मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको हो। मन्त्रालयका अनुसार म्रंगलबार थप ६ सय २२ जना कोरोनामुक्त भएका छन्।


