काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका नीतिगत र बाह्य सुधारले समग्र अर्थतन्त्रमा नै सुधारको आधार बनेको बताएका छन् । गभर्नर अधिकारीले शुक्रबार नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
केन्द्रीय बैंकको ६९ औं वार्षिकोत्सवमा वक्तव्य जारी गर्दै अधिकारीले उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको उल्लेख गरेका छन् ।


