काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठबन्धनमा सामान्य खटपट भए पनि तत्काल सरकार फेरिने सम्भावना नरहेको बताएका छन् ।
उनले आइतबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन्।
उनले भने, ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।’
सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए। पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ छ।


