काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियाविरुद्ध दोस्रो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट लिएको हो ।
सन्दीप लामिछानेले गरेको सातौँ ओभरको अन्तिम बलमा करण केसीले गरेको थ्रोमा विकेटकिपर आसिफ सेखले रनआउट गरे । फैजले तीन रन जोडे ।
जारी खेलको आठ ओभर समाप्त हुँदा मलेसियाले एक विकेट गुमाएर ७० रन बनाएको छ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।


