काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आगामी माघ ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो ।
सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


