काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शुक्रबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
यसैगरी आज एक अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ भने युरो १ को खरिद दर १४१ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ३० पैसा छ। पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ९८ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २४ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ६३ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५७ पैसा छ।


