काठमाडौं । आज जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले बागमतीसहित देशका ठूलठूला नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज बागमती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्नसक्ने सम्भावना छ।
आज भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव
यसैगरी आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा रहेका नदी तथा खोलामा बाढी आई जोखिम निम्तिने सम्भावना छ।


