काठमाडौं । काठमाडौ. उपत्यकामा मेडिकल ब्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आन्दोलन गरेको कारण काठमाडौँका आज धेरैजसो शैक्षिक संस्था बन्द भएका छन्।
उनीहरुको प्रदर्शनले यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन्।
युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा आज दिउँसो प्रदर्शन गर्ने तयारी छ।


