काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । निगमले आफ्नो ५४औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
निगमले केन्द्रीय कार्यालय, टेकुमा नेपाल रेडक्रास सोसाइटी, रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो।
विगत एक दशकयता निगमले प्रत्येक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। गत वर्षको कार्यक्रममा १३१ जनाले रक्तदान गरेका थिए। यस वर्ष भने १५१ जनाले रक्तदान गरेको निगमले जनाएको छ।


