काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार सेयर कारोबार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से २८.६८ अंकले घटेको हो ।
आज ४८ हजार ३ सय ४९ वटा कारोबारबाट ३ सय ८ वटा कम्पनीका ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेप्से घटेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३१ खर्ब ४५ अर्ब रुपैयाँ कायम भएको छ । सो दिन १७ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय २० वटाको घट्यो भने ११ वटाको स्थिर रहयो ।प्र


