काठमाडौं । उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसदले आज पद तथा गोपनियताको शपथ लिएका छन्।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन् ।
रास्वपाका सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो। लामिछाने सोही क्षेत्रबाट फेरि निर्वाचित भएका हुन्।


