काठमाडौं । राष्ट्रिय सभा उम्मेदवारको चयन लगायतका समसामयिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ ।बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्न लागेको हो ।
बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुनेछ।
यस्तै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


