काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी छिन् ।
उनले आज ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै यस्तो तारिफ गरेकी हुन् ।
उनले भनिन्, ‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यु समकालिन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ। सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ। सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ।’


