काठमाडौं । आज देशैभर बदली हुने मौसम विभागले जनाएको छ । गएराति देखिनै देशका धेरै स्थानहरुमा भारी वर्षा भइहेको छ। विशेषगररी गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको हो।
तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी पूर्व र पश्चिम तथा चितवन र आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।
उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क हुन पनि विभागले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौंका विभिन्न भागमा पनि बिहानैबाट वर्षा भइरहेको छ।


