काठमाडौं। सत्ता साझेदार दल नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताए ।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी छन् ।
त्यसैगरी नगरपालिका /गाउँपालिकामा निर्वाचित प्रमुख /उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी भएको सभापति बानियाँले बताए ।


