काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प कांग्रेस नै भएको तर्क गरेका छन्।
नेता कोइरालाले मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै यस्तो बताएका हुन्।
उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए।
उनले भने, ‘भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो। आउँदो दिनमा कता जाने होरु त्यो तय गर्नुपर्छ। नेपाली कांग्रेसको विकल्प अरु छैनन् नेपाली कांग्रेस नै हो। भविष्य नेपाली कांग्रेससँग छ। हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन। त्यसैले एक भएर जाऔँ।’


