काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठकले आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने गरी लाग्नुपर्नेमा जोड दिएको छ ।
नेता शेखर कोइरालको विशेष सक्रियतामा सो समूहको मंगलबार बालुवाटारमा बसेको बैठकले पार्टी नेताहरुको कारबाही र निलम्बन प्रक्रिया विधान अनुसार गर्नुपर्नेमा त्यसो नभएको पनि निष्कर्ष निकालेको केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए ।
आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई बोलाए पनि उनीहरु सहभागी भएनन् ।
र्बैठकमा सरकार कामको बारेमा पनि समीक्षा गरेको बताइएको छ । ।


