काठमाडौं । आज महानगरपालिकाले आफ्नो क्षेत्रका कार्यालयहरूमा शोक बिदा दिएको छ । महानगरलेवडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज बिदा दिएको हो ।
५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो
नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको ५ दिनको उपचारको क्रममा विहीबार बिहान निधन भएको थियो । उनको हिजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको थियो ।


