काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि औषधी पसल रहेका टहरा भत्काउँदै
काठमाडौं । अबैध संरचना हटाउने काममा निकै तदारुकताकासाथ लागि परेको काठमाडौं महानगरपालिकाले आज वीर अस्पताल अगाडि औषधि पसल रहेका टहरामा डोजर चलाउने तयारी गरेको छ ।
औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ देखिएकोले डोजर चलाउने तयारी गरिएको महानगरले जनाएको छ ।
बुधबार महानगरको नगर प्रहरीले औषधि पसल हटाउन माइकिङ गरेकोे थियो । नगर प्रहरी बलका एसपी दिनेश अर्यालले आज दिउँसो २ बजेतिर सो क्षेत्रमा पुग्ने तयारी भइरहेको बताए ।
“२ बजे वीर अस्पतालअगाडिका टहरा हटाउन जाने तयारी छ,” उनले भने ।


