काठमाडौं । सरकारले गठन गरेको सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको बताए ।
प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआररडीएफएलमा लगातार देखिएका व्यक्तिको सूची समेत समावेश छ। साथै, निर्दोष देखिएका व्यक्तिको नामावलीसहितको प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको उनले बताए।
आचार्य अध्यक्ष रहेको सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन्।


