काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले थोपा सिँचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको आरोपमा कालिकोटको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुस्मा र उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
अख्तियारले सब–इन्जिनियर माधवकुमार भट्ट, वडा नं. ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि मुद्दा दायर गरेको छ।
मुलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई पनि अख्तियारले मुद्दा चलाएको हो। अख्तियारले सबै प्रतिवादीलाई १३ लाख ७४ हजार बिगो कायम गरी त्यही रकम बराबरको जरिवाना र सजायको मागदाबी गरेको छ।


