काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन् ।
यसैगरी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शपथ लिएकी छिन् ।
जनता समाजवादी पार्टीका नेताहरू महतो र कुमारीलाई प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपतिले क्रमशः मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका थिए।


