काठमाडौं । आज दिउँसो ३ बजे नवनियुक्त तीन मन्त्रीहरूले शपथग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्।
तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन्। धनराज गुरुङ नेपाली कांग्रेसको सस्थापनइतर समुहका हुन् । उनी पार्टी उपसभापतिसमेत हुन् । यस्तै बस्नेत सभापति देउवा पक्षका हुन् । लिम्बू पनि कोइराला पक्षका नेताका रुपमा चिनिन्छन् ।


