काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष ढकालले आइतबार भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह समेत गरे ।
उनले विश्वका अन्य मुलुकहरुमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै अध्यक्ष ढकालले यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताए ।
‘


